मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Accident news

कञ्‍चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्‍चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म।२प ५२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वेदकोट नगरपालिका ३ का मोहन चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि वेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...