कोरोनाबाट आमा गुमाएका शिशुको जिम्मा कांग्रेस नेता बस्नेतले लिए

Basnet

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् । शिशुको १२ कक्षासम्म पढाईको जिम्मा लिने उनले बताए । त्यसपछि रोजगारीको समेत ब्यवस्था गरिदिने बस्नेतको योजना छ । शिशुलाई पौष्टिक आहारका लागि उनले ५० हजार नगद सहयोग गरेका छन् ।

मृतक महिलाका अर्का एक जना छोरालाई उनका श्रीमानले पालनपोषण गर्न नसके त्यसका लागि पनि आफू पहल गर्ने बस्नेतको भनाई छ । मृतकका परिवारलाई आफूले नजिकबाट चिनिको र उनीहरुको अर्थिक अवस्था कमजोर भएकाले आफूले सहयोग गरेको बस्नेतले बताए । उहाँहरुको र मेरो घर एउटै नगरभित्र हो । उहाँहरुको आर्थिक अवस्था कमजोर छ । त्यसैले मैलें सहयोग गर्न खोजेको हुँ,ु उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...