फरार शिक्षक अधिकारी विज्ञप्ती निकालेर पुगे प्रहरीको शरणमा

Madan adhikari dkt

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६ आत्माराकी १३ वर्षीय बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी प्रहरीको शरणमा आएका छन् ।

सो घटनाका आरोपित मध्येका धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको थियो ।

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । आल उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।

शिक्षक अधिकारीले परीक्षाको फाराम भर्न तिम्रो बुबाको नागरिकता चाहिएको छ ल्याएर आउनु भनेपछि नागरिकता बोकेर गएका बेला उनकै घरमा बलात्कार गरेको बालिकाले बताएकी छन् । तर बालिकाले उजुरी दिएपछि उनी फरार भएका थिए ।

यसअघि उनले विज्ञप्ती जारी गर्दै आफु निर्दाेश रहेको दावी गर्दै प्रहरीमा सम्पर्क पुग्ने जनाएका थिए । उनले विज्ञप्तीमार्फत आफुलाई पसाउने षडयन्त्र गरिएको आरोप पनि लगाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...