गण्डकी प्रदेशका सांसद थापाको चौतर्फी विरोध, कानुनअनुसार कारवाही गर्न माग

Pokhara news

काठमाडौं । गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले सिग्रो दलित सुमदायमा अपमान गरेको भन्दै चौतर्फी विरोध भएको छ ।

देशभर क्रियाशील दलित संघ संस्था र विदेशमा रहेका संघ संस्थाहरुले पनि सांसाद थापाले दलित समुदायमाथि देखाएको हर्कतको विरोध गरेका छन् ।

जातीय विभेदको घटनाका दोशीलाई प्रचलित ऐन, कानुनअनुसार कारवाही गर्न प्रेरित गर्नुको सट्टा उल्टै जातीय सदभाव भड्किने गरी सांसद थापाले षडयन्त्र गरेको भन्दै उनीहरुले सांसद थापालाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

पोखराको वाटुलेचौरमा भएको जातीय विभेदको घटनाका अभियुक्तको पक्षमा वकालत गगर्दै सिंग्रो दलित सुमदाय र संविधानको अपमान हुने गरी जातीय छुवाछूतलाई पक्षपोषण गरेर गण्डकी प्रदेश क्षेत्र नं. २ का सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले बुधबार विज्ञप्ती जारी गरेका थिए भने उनले पक्राउ परेका आफ्ना कार्यकर्तालाई विना सर्त रिहा गर्न माग गरेका थिए ।

जाती भेद विरुद्ध विश्व मञ्च (ग्लोवल फोरम) ले सो घटनाको निन्दा गरेको छ । उसले सो घटनामा संलग्नलाई जोगाई उल्टै जातीय विभेदलाई बढवा दिने खोज्ने सांद थापालाई हदैसम्मको कारवाही गर्न माग गरेको छ । ग्लोवल फोरमका अध्यक्ष तीर्थ बर्मा (बिश्वकर्मा) ले शुक्रबार विज्ञप्ती जारी गर्दै सांसद कृष्णबहादुर थापाको यस्तो घृणित कामको घोर भत्र्सना गरेको छ । उसले निजलाई र घटनाका दोषीहरुलाई कानूनबमोजिम हदैसम्मको कारवाहीको माग गरेको छ ।

त्यस्तै, पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य जितु गौतम, राष्ट्रियसभाका निवर्तमान सदस्य खेम नेपाली, जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पार्तेल लगायतका ५१ जनाले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै सांसद थापाले पदीय मर्यादाको ख्यालै नगरी जातीय भेदभाव गरेकाले कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

त्यसैगरी नेपाल उत्पीडित जातीय समाज युरोप, दलित गैर सरकारीसंस्था महासंघ, प्रदेश नं. १, पोखराका सबै संघसंस्थाहरुले पनि सो घटनाको विरोध जनाएका छन् । प्रतिनिधिसभा सांसद पार्वत्ती विशुंकेले गण्डकी प्रदेश क्षेत्र नं. २ का सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाबाट सिग्रो सुमदाय र संविधानको अपमान भएको भन्दै कारबाहीको माग गरेकी छन् ।

पूर्वमन्त्री तथा संविधानसभा सदस्य एव दलित नेता जीतु गौतमले सांसद थापाले गरेको कार्यलाई निच कार्य भएको भन्र्दै गण्डकी प्रदेशसभा र प्रदेश सरकार समक्ष उ कानुनी उपचारका निम्ति ध्यानाकर्षण गराएका छन् । सभासद् गौतमले विभेदको घटनाको दलित आन्दोलन, सम्बन्धित राजनीतिक दल र सवै न्यायप्रेमी वर्ग समाजलाई कडा विरोध जनाउँदै पीडित दलित मोहन सुनारलाई न्याय दिलाउन ऐक्यबद्धताका लागि अपिल पनि गरेका छन् ।

मुक्ति समाज नेपालका महासचिव गणेश विश्वकर्माले सभासद् थापाले दलितको मत पाएर उनीहरुको रगत, पसिनाले पोतिएको प्रदेश सभाको निर्वाचित सांसदको लेटर प्याडमा दलितहरुका विरुद्ध वक्तव्यवाजी गरेको भन्दै आपत्ति जनाउँदै आफ्नो लज्जास्पद वक्तव्य फिर्ता लिन माग गरेका छन् ।

दैलेखकी प्रतिनिधिसाभ संघीय सांसद विशुन्केले जातीय विभेदको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट पक्राउ परेकालाई संरक्षण गर्दै उल्टो पिडकहरुको पक्षमा सांसद तथा नेकपा कास्कीका अध्यक्ष थापाले सिंग्रो सुमदाय र संविधानको अपमान गरेको भन्दै विहिबार साँझ प्रेस विज्ञप्ती जारी गदै कारबाहीको माग गरेकी हुन् ।

संसदीय दलमा उजुरी
जातीय विभेदको घटनामा आरोपीको पक्षमा विज्ञप्ति जारी गर्ने गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ ।

नेकपा निकट दलित नेता एवं संगठनले शुक्रबार सांसद थापालाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । नेकपाको प्रदेश समिति, कास्की जिल्ला समितिमा रहेका दलित नेता, दलित मुक्ति मोर्चा र उत्पीडित जातीय मुक्ति समाजका सचिवालय सदस्य र दलित जनप्रतिनिधिले पार्टी कार्यालयमा उजुरी बुझाएका हुन् ।

नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ अनुसार जातीय विभेदमा संलग्न हुने र प्रश्रय दिने नेता कार्यकर्तालाई अवस्था हेरेर आत्मालोचनादेखि पार्टी सदस्यबाट निस्कासन गर्नेसम्मको व्यवस्था छ ।

यस्तो छ ग्लोवल फोरमद्धारा जारी विज्ञप्ती
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरमा केही दिन पहिले स्थानीय वासिन्दा मोहन सुनारलाई आफ्नो भाई समर सुनारको काजक्रियाका लागि नजिकै रहेको सामुदायिक भवनमा काजक्रियाका लागि प्रयोग गर्न खोज्द ादलित भनी सोही स्थानमा बसोवास गर्ने कथित माथिल्लो जात भनिनेहरु जनक थापा, रामबहादुर जि.सी, देवबहादुर थापा लगायतले काजक्रिया गर्न अवरोध गरि निज मोहन सुनारलाई कुटपिटसमेत गरेकोले मोहन सुनारले आफुलाई नेपालको संविधान तथा कानूनअनुसार जातीय विभेद तथा छुवाछूत गरेको कारण स्थानीय जिल्ला प्रहरी कार्यालय कास्कीमा जातीय भेदभाव तथा कसुर र सजायँ ऐन २०६८ अनुसार घटनामा दोषी रहेका जनक थापा, रामबहादुर जि.सी, देव थापा लगायतलाई प्रहरीले पक्राउ गरि अनुसन्धानको क्रममै रहेको अवस्थामा संविधान र कानुनलाई पालना गर्छु, मानव अधिकारको रक्षा गर्छु, बिभिन्न खाले बिभेदको अन्यायको लाीि सधै लागि रहुन्छ भन्दै त्यही समुदायको भोटबाट गण्डकी प्रदेश सभामा विजयी बनेका प्रदेश सभाका सदस्य माननीय कृष्ण ब. थापाले दोषी उपर कारवाही गर्न पहलकदमी गर्नुको साटो उल्टो पीडीतलाई जातीय द्धेष फैलाएको, सामाजिक सदभाव धमिल्याउने कार्य गरेको लगायतका आपत्तीजनक अभिब्यक्ति सहितको पे्रष विज्ञप्ती प्रकाशित गरेकोमा यस जाती भेद विरुद्ध विश्वमञ्च (Global Forum) को गम्भीर ध्यानकर्षण भएको छ । निजको विज्ञप्तीले अनुसन्धानकै क्रममा रहेको जातीय विभेद तथा छुवाछुतको घटनालाई तोडमोड गर्न सहयोग पुग्ने, नेपालको संबिधानबिरुद्ध, जुन प्रतिनिधिको सामन्य आचार संहिताबिरुद्ध मात्र नभई अन्तर्राष्ट्रिय मानवअधिकारको समेत घोर उलंघन भएका ेछ । जाती भेद बिरुद्ध विश्व माननीय कृष्ण ब. थापाको यस्तो घृणित कामको घोर भत्साना गर्दै नीजलाई र घटनाका दोषीहरुलाई कानूनबमोजिम हदैसम्मको कारवाहीको नेपाल सरकारसँग माग गर्दछ ।

तीर्थ बिश्वकर्मा
अध्यक्ष

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...