विश्व शान्तिको कामना गर्दै देशभर गरियो दीप प्रज्ज्वलन

Dip prajwalan 25

काठमाडौं । २५६४औँ बुद्ध जयन्तीका अवसरमा आज देशभर दिपावली गरिएको छ । बुद्ध जयन्तीका अवसरमा काठमाडौंका विभिन्न स्थानमा बौद्ध धर्मावलम्बीले पूजाआजा गरेका छन् ।

सरकारको आग्रहमा वुद्ध जयन्ती र कोरोना भाइरसको महामारीले ज्यान गुमाएकाको चीरशान्ति र विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मानमा बिहीबार साँझ नेपालभर दीप प्रज्ज्वलन गरिएको हो ।

विश्व शान्तिको कामना गर्दै प्रधानमन्त्रीसहित विभिन्न पार्टीका नेताहरु, नागरिक समाजका अगुवासहित देशभरका नागरिकले आ–आफ्नो घरमा दिपावली गरेका छन् ।

२५६४ औं बुद्ध जयन्तीका अवसरमा बुद्धको सम्मान र कोरोनासंग लडिरहेका स्वास्थ्यकर्मीको हौसलाका लागि बिहीबार साँझ ७ बजे सबैले दिप प्रज्वलन गर्न सरकारद्धारा आह्वान गरिएको थियो । जसअनुसार काठमाडौंको स्वयम्भु, बौद्धनाथ, कपन गुम्बालगायत देशभर दिप प्रज्वलन गरिएको छ ।

२५६४औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले उनको निवास बालुवाटारमा रहेको गौतम बुद्धको प्रतिमामा दिपावली गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रधानमन्त्री केपी शर्मा र उनकी पत्नीले विभिन्न भिक्षुहरुको उपस्थितिमा दीप प्रज्जवलन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा दिउँसो माल्यार्पण गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन् । सोही अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गरेको हुन् ।

बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरु लगायतको उपस्थितीमा दिप प्रज्वलन गरिएको थियो ।। बालुवाटारमा गरिएको दिप प्रज्वलनमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा लगायत अन्य बौद्ध भिक्षुहरु समेतको सहभागिता रहेको थियो ।

राप्रपा नेपालका नेता कमल थापाले पनि उनको घरमा दिपावली गरेका छन् । अन्य नेताहरूले पनि दिपावली गरेको तस्विर सामाजिक सञ्जालमा भटाभट पोस्ट गर्न थालेका छन् ।

यता, कोरोना महामारी रोकथामका लागि लकडाउन भइरहेकाे हुँदा अघिल्ला वर्षहरुझैं चहलपहल भने थिएन । २५६४ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयम्भूनाथ स्तूपमा गएर पूजाआजा र अवलोकन समेत गरेकी थिइन् । काठमाडौंको स्वयम्भूनाथ, बौद्धनाथ, कपन गुम्बालगायतका स्थानमा मनाइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...