बिरामी कुरुवाको सहयोगी बन्दै सुकुम्बासी बस्ती, जहाँ दैनिक निःशुल्क खाना खुवाइन्छ

Sukumbasi khana news

काठमाडौं । गत चैत ११ गतेदेखि कोराना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले कलडाउनलाई जारी राखेको छ । लामो समयदेखि जारी लकडाउनका कारण जनजीवन अत्यन्तै कष्टकर मात्रै बनेको छैन, मानिसलाई पेट भर्न नै समस्या पर्न थालेको छ ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती केही समयअघिसम्म गुमनाम थियो । राज्यको आँखा थिएन । यहाँको बस्ती उठाउन राज्यले कयौंपटक बल प्रयोग गरेको छ । २०६९ बैशाख २६ गते त तत्कालीन गृहमन्त्री विजयकुमार गच्छ्यादारले सुकुम्बासी बस्तीमा डोजर नै लगाए ।

त्यही सुकुम्बासी बस्ती अहिले आँडमै रहेको सरकारी अस्पताल अर्थात् प्रसुती गृहको सहयागी बनेको छ । अर्थात् लामो समयको लकडाउन पीडितहरुका लागि आश्रय स्थल बनेको छ । राज्य र उपत्यकाबासीको नजरमा मान्छे नै नठानिने सुकुम्बासी बस्तीमा मानिसहरुले थापाथलीस्थित प्रसुती गृहमा विरामी कुरुवाका रुपमा आउने कयौंको सहारा बनेको छ ।

यहाँका बस्तीमा रहेका अगुवाहरुको पहलमा बैशाख ९ गतेदेखि नियमित रुपमा विरामीका कुरुवालाई खाना खुवाइरहेको छ । दिन प्रतिदिन काम गरेर बिहान् बेलुकीको छाक टार्दै आएका यहाँका अगुवासहितले कोरोना भाइरसबाट पीडित बनेका बिरामी कुरुवालाई दैनिक रुपमा निःशुल्क खाना खुवाइरहेका छन् । स्थानीयले स्थानीय प्रशासन । वडा कार्यालयसँग समन्वय गरेर दैनिक खाना खुवाउँदै आएका छन् । त्यसरी खाना खुवाउन सुरु गरेयत झण्डै एक लाख ४० हजार छाक खाना खुवाइसकेको छ ।

अस्पतालका विरामी कुरुवालाई खाना खुवाउने कामको अगुवाई गरिरहेका छन् स्थानीय दलमर्दन कामीले । सोही बस्तीमा रहेको थापाथली भ्याली चर्च, स्थानीय अगुवा र युवाहरुको सक्रियतामा अहिले दैनिक जनसम्मले निःशुल्क रुपमा खाना खाइरहेका छन् ।

अहिले प्रसुतिसम्बन्धि उपचार गराउन भर्ना भएका बिमारीहरुलाई समस्या परेपछि स्थानीय सुकुम्बासीहरुले बैशाख ९ गतेदेखि निःशुल्क खाना खुवाउन थालेको स्थानीय दलमर्दन कामी बताउँछन् । करिब १ सय ७० घर परिवार बस्ने सो सुकुम्बासी बस्तीमा सुकुम्बासी, डेरा गरि बस्ने र खानालाइ समस्यामा परेका अति बिपन्न र विद्यार्थीलाई समेत खाना खुवाइरहेको उनी बताउँछन् ।

सुकुम्बासी बस्तीका मानिसहरूले अस्पतालमा रहेका कुरुवाले लकडाउन भएपछि आर्थिक अभावको कारण खानाको समस्यामा परि दुई दिनसम्म खाना नपाएको गुनासो सुनेपछि स्थानीय सुकुम्बासीमा आफुहरुलाई राहत स्वरुप आएको चामल र दाल थोरै थोरै उठाइ खाना पकाएर खुवाउन थालिएको थियो । त्यसपछि थापाथली भ्याली चर्चका पाष्टर बेन्जामिन सुब्बाले निरन्तर खानाको लागि दाल चामल लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराउन थालेपछि बिरामीका कुरुवालाई नियमित रुपमा खाना खुवाउन थालिएको थियो ।

अस्पताल खुले पनि आसपासका होटलहरु बन्द हुँदा विरामी कुरुवा समस्यामा पर्दै आएका छन् । लकडाउनकै कारण आफुहरु पनि उस्तै समस्यामा परेको भए पनि बिरामीको सेवामा आएका विरामी कुरुवाहरुलाई निःशुल्क खाना खुवाउन पाउँदा दंग छन् स्थानीयवासी । विरामी कुरुवालाई खाना खुवाउन सक्रिय छन् स्थानीय युवाहरु ।

आर्थिक अभावकै बीचमा पनि विरामी कुरुवालाई खाना खुवाउन पाएकोमा खुसी छन् खाना पकाउन र स्वयंसेवकका रूपमा खटिँदै आएका सपौरखी युवा क्लबका उपाध्यक्ष उपमा थापामगर र सचिव किशोर परियार । मानवताको असल धर्मनै सेवा हो भन्ने ठानेर दैनिक रूपमा १५ जनासम्म युवाहरु स्वयंसेवकका रूपमा खटिएका छन् ।

लकडाउन सुरु भएको केही समयपछि गरिब तथा अति बिपन्न मजदुर तथा सुकुम्बासीहरुमा दैनिकी काम गर्न नपाएपछि खाना तथा औषधि उपचारमा समेत समस्या पर्दै आएको छ । मुटु, बाथरोग, टिवी, युरिकेसिट, प्रेसर ,सुगर, दम, महिलाहरुको पाठेघर लगायतका दीर्घ रोगी बिमारीलाई औषधि खान नपाएर अत्यन्तै कष्टमा पर्दै आएको छ । त्यसका साथसाथै खाना खान नपाउँदा थप समस्या बन्ने गरेको छ । पछिल्लोपटक सहयोगीसँग गुहार मागेर बिरामी कुरुवालाई खाना खुवाउँदै आएपछि औषधी उपचारमा भने समस्या आइरहेको स्थानीय सुकुम्बासी नेता चन्द्रबहादुर तामाङ र सुमन चौधरी बताउँछन् ।

बैशाखको पहिलो हप्तादेखि निरन्तर खाना खुवाउँदै आएको र पछिल्लोपटक लकडाउन थपिँदै गएका कारण लकडाउनभर निःशुल्क खुवाउन योजना रहेको थापाथली भ्याली चर्चाका डिकन जोसेफ राई बताउँछन् । सो चर्चले चर्चमा उठने गरेको भेटीको पैसाबाट विरामी कुरुवालाई खाना खानको लागि सहयोग गरेको थियो । पछिल्लोपटक भने चिनजानका व्यक्तिहरुले पनि खाद्यन्न लगायतका सामाग्री सहयोग दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...