आज २५६४ औँ बुद्धजयन्ती, साँझ ७ बजे घर–घरमा दीप प्रज्वलन गरिँदै

Dip prajwaan

काठमाडौं । आज २५६४ औँ बुद्धजयन्तीका अवसर पारेर घर–घरमा दीप प्रज्वलन गरिँदैछ ।

कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउने उद्देश्यले २५६४औँ बुद्ध जयन्तीको अवसरमा आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्न सरकारले आव्हान पनि गरेको छ ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाले विहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४औँ जन्मजयन्तीका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं स्वयंसेवकहरूप्रति उच्च सम्मानस्वरूप, संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण गरेकाको शान्तिका लागि आज बेलुकी दीप प्रज्ज्वलन गर्न आव्हान गरेका हुन् ।

कोरोना महामारीका कारण आज बुद्ध जन्मस्थल लुम्बिनीमा पनि औपचारिक कार्यक्रम स्थगित गरी दीप प्रज्वलन गरिने भएको छ । लुम्बिनी विकाष कोषले हिजोबाट तीन दिन सामाजिक दूरी कायम गरी दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको जनाएको छ ।

हिजो मायादेवी मन्दिर परिसरमा विहारका भिक्षुहरुले दिप प्रज्वलन गरेका थिए । लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, लगायतको सहमागीतामा आज पनि दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ ।

सरकारले बुद्ध जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमारचण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...