बुद्ध जयन्तीमा बिहीबार देशैभर दीप प्रज्ज्वलन गरिने

Dip prajwaan

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको कामना गर्दै बुद्ध जयन्तीमा देशैभर दीप प्रज्ज्वलन गरिने भएको छ । २५६४औँ बुद्ध जयन्तीको अवसरमा बिहीबार बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गरिने भएको हो । यसवर्षको बुद्ध जयन्ती बिहीबार मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

२५६४औँ बुद्ध जयन्तीलाई सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको कामनासहित विश्व शान्तिको कामना गर्दै मनाउने तयारी गरिएको हो ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...