सालीसँग सल्केपछि ५ वर्ष प्रेम विवाह गरेकी श्रीमतीलाई हरीले यसो गरे

Crime janakpur

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नं. ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले विणा लामासँग ५ वर्ष प्रेम गरेपछि अन्तरजातीय विवाह गरे ।

चौहानले ५ वर्षअघि विणासँग अन्तरजातीय विवाह गरेकाले बुवाआमाले घरमा बस्न नदिएपछि ससुरालीको छेउमै आफ्नो घर बनाएर बस्दै आएका थिए । हरकिो करिव एक वर्षदेखि आफ्नो कान्छी साली गंगा लामासँग एकतर्फी प्रेम बस्यो ।

आफ्नै कान्छी बहिनीसँग प्रेम रहेको गंगाले सुइको पाइन् । ‘मेरो बहिनीसँगग तिम्रो अवैध सम्बन्ध छ, जहिले नि ढिलो घर आउँछौ’ भन्दै टर्चर दिन थालिन् । विणाको ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा छन् । त्यही पनि हरीले गंगालाई विवाह गर्न अनेक उपाय रच्न थाले । त्यसैका लागि उनले गंगाको हत्या गरे ।

यसरी गरे हत्या
बैशाख १८ गते बिहीबार साँझ करिव साढे पाँच बजेको समयमा विणालाई बलो काट्न जंगल जाउँ भन्दै त्यहाँ लगे । जंगलमा लगेपछि विणाले लगाएको सलले घाँटीमा बेरे । र हत्या गरि शवलाई जंगलमै गाडे ।

हत्या गर्नुअघि नै चौहानले खाडल खनि तयार पारेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘हत्या गर्नुअघि खाडल खनेर तयार बनाएको रहेछ’,इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले भने, ‘विणालाई जंगलमा लगेर हत्या गरि खाडलमा गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ ।’

पेशाले गाडी चालक रहेको चौहानले बैशाख १९ गते बिहान पत्नी हराएको भन्दै प्रहरी समक्ष मौखिक जानकारी गराएका थिए । धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ ।

उनले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उसैले लगाएको शलले घाँटीमा बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा आइतबार साँझ प्रहरीले ४ दिनपछि उत्खनन् गरेको छ ।

सडेको अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ । हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...