यी हुन् कोरोनाको महामारीमा खुल्ला मनका नेपाली सहयोगीहरु

Us sahayogi nepali hat

फिलाडेल्फिया (अमेरिका) । कोरोना भाइरसका कारण विश्व नै थिलथिलो बनेको छ । त्यसमा पनि अमेरिका त कोरोना संक्रमण ‘हट स्पट’ नै बनेको छ । यहाँ सरकारले कोरोना नियन्त्रणका लागि पर्याप्त पहल गरिरहेको भए पनि हालसम्म ६५ हजार नाघिसकेको छ ।

कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा नेपाली समुदाय पनि उत्तिकै आक्रान्त बनेको छ । अमेरिकामा बसोबास गर्दै आएका नेपाली पनि कोरोनाको संक्रमणबाट अछूतो छैनन् । यही कारण पनि नेपाली समुदायका सामाजिक अभियान्ताहरु पनि आफ्नो ज्यानको बाजी थापेर नेपालीलाई सहयोग जुटाउन तल्लिन बनेका छन् ।

त्यसरी सामाजिक काममा खट्नेहरुले न सामाजिक सञ्जालमा तस्विरहरु पोष्ट गर्छन्, नत प्रचार प्रसारकै आशा राख्छन् । न उनीहरु मैले यो गरे भनेरै हिड्छन् । अहिलेको यो मानवीय संकटका बेला उनीहरु चुपचाप नेपाली समुदायको सहयोगका लागि खटिएका छन् ।

यसरी नेपाली समुदायका लागि सहयोग गर्नेहरुमा न्युयोर्कबाट नेपाली कांग्रेसका युवा नेता छिरिङ राप्के लामा, नेपाल तरुण दलका अमेरिका उपाध्यक्ष अनन्तराज सुवेदी, साहित्यकार शारदा क्षेत्री, समाजसेवी नेपाली भान्सा घरकी सञ्चालिका विमला हमाल श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता श्यामकुमार कार्की छन् ।

त्यसैगरी पेन्सल भेनिया राज्यबाट नेपाली गुठीका संस्थापक अध्यक्ष विमल मोक्तान, नेपाली डा. वर्षा मोक्तान र डा. सुशील पाख्रिन, वेष्ट चेष्टरबाट मुकेश यादव र राज कालाखेती, भर्जिनिया डिसी क्षेत्रबाट डा. देशराज संयोक र सुनिता खत्री, टेक्सास राज्यबाट गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका सभापति सुनिल शाह, नेपाली कांग्रेस युवा नेता ज्ञानेन्द्र कार्की र क्यालिफोर्नियाबाट नेपाली कांग्रेसका नेता विद्यासागर योञ्जन र हरिहर दाहाल छन् ।

त्यसैगरी कोरोनाको संकटमा परेका नेपालीको उद्धार र सहयोगका लागि यहाँ रहेका पत्रकारहरुको भुमिका पनि कम छैन । बरिष्ठ पत्रकार विजय थापा (इनेप्लिज), कृष्ण केसी (हलिउड खवर), दिवाकर वागचन (इमेज खवर), वरिष्ठ पत्रकार सानुवावु सिलवाल, विष्णुहरी घिमिरे लगायतका पत्रकारहरुले सञ्चारको माध्यमबाट वा प्रत्यक्ष रुपमै नेपालीलाई हरतरहले सहयोग गरिरहेका छन् ।

त्यसो त सन फान्सिस्कोमा रहेका अधिवक्ता यज्ञ नेपाल (यज्ञ ल एण्ड एसोसियट) को भुमिका कम छैन । उनले नेपालीलाई यो संकटको बेलामा कानुनी सल्लाह त दिई नै रहेका छन्, त्यसको अलावा कुनै पनि नेपालीलाई अफ्ठयारोमा पर्दा सहयोगी हात अघि सार्छन् ।

न्युयोर्कमा बस्ने शारदा क्षेत्री शारीरिक रुपमा अशक्त भए पनि अमेरिकामा बस्ने नेपालीहरुका लागि निक्कै ठूलो मद्यत गरिरहेकी छन् । कोलोराडो डेनेभरमा बस्ने जीवनकुमार दाहाल र सुनिता दाहाल दम्पत्ति असाहय र वृद्धवृद्धाहरुलाई घरमै खाना लगेर भोजन गराउने काममा खटिएका छन् । यो क्षेत्रमा नेपालीहरुको उपस्थिती निक्कै बाक्लो छ ।

उनीहरुले कोरोना भाइरसबाट बच्न नेपाली समुदायलाई सचेत पनि गराइरहेका छन् । उनीहरुले धेरै नेपाली विद्यार्थी र अशक्तहरुलाई घरघरै खाना पु¥याइदिने काम गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस