ललितपुरमा बुद्ध जयन्ती औपचारिकतामा सीमित हुने

Budha jayanti lalitpur

ललितपुर । कोरोना भाइरसको जोखिमका कारण ललितपुरमा यस बर्ष २५६४ औं बुद्ध जयन्ती समारोह औपचारिकतामा सीमित हुने भएको छ ।

६८ वर्षदेखि निरन्तर बुद्ध प्रतिमासहित नगर परिक्रमा, ज्ञानमाला भजन लगायतका कार्यक्रम गरिँदै आएको थियो । तर कोरोनाको सन्त्रासका कारण सबै कार्यक्रम स्थगित गरिएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह समितिले जनाएको छ ।

समितिले सामाजिक दुरी कायम गरी समितिका सल्लाहकार, कार्यकारिणी पदाधिकारी तथा सदस्य, संचालन समितिका सदस्य, महाविहार संरक्षण समितिका सदस्य, ललितपुर बुद्ध जयन्ती कोषका पदाधिकारीहरु मात्र उपस्थित भई बुद्ध पूजा एवं वन्दना गरी बुद्ध जयन्ती मनाउने निर्णय गरेको छ ।

समितिले आफ्नै घरघरमा बसी दीप प्रज्वलन एवं बुद्ध वन्दना गरी यस बर्षको बुद्ध जयन्ती मनाउन पनि आग्रह गरेको छ । समितिले कोरोना भाइरस संक्रमणबाट निधन भएकाहरुको सुखावती भूवनमा बास होस् तथा संक्रमितको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

यस बर्षको समारोह आयोजनाको पालो लिच्छिवी राजा शिवदेव संस्कारित ओंकुलि श्री रुद्धवर्ण महाविहार ओकुबहाःको रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...