उभौंली पर्वमा सार्वजनिक कार्यक्रम र पुजा नहुने

Ubhauli nach

काठमाडौं । तिथिअनुसार यो पटक वैशाख २५ गते परेको किरात जातिको उभौंली पर्वमा यो वर्ष सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नहुने भएको छ ।

कोरोना भाइरसका कारण किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायतका जातिले घर–घरमा पूजा मात्र गरेर मनाउन संस्थागत निर्णय गरेका हुन् ।

किराती जातिले हरेक वर्ष अन्नबाली छर्ने बेलामा उभौली चाड मनाउँदछन् । अन्नबाली राम्रो होस् । सुखशान्ति मिलोस् भनेर प्रकृति र पितृको पूजा गरी ढोल, झ्याम्टा बजाएर सामूहित रूपमा नाच प्रदर्शन गर्ने गर्दछन् ।

अन्नबाली पाकेपछि मंसिरे पूर्णिमा तिथिमा उधौली पूजा गर्दछन् । यो चाडलाई किरात राईले साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर भनेर पुकार्दछन् ।

किरात समन्वय समिति, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजले कोरोना भाइरसका कारण यो वर्ष सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने निर्णय गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...