आजदेखि मुसलमान समुदायको रोजा सुरु, घरमै बसेर धार्मिक कार्य गर्न आग्रह

Ramajan suru

काठमाडौं । आजदेखि मुसलमानहरुको एक महिने रोजा (व्रत) सुरु भएको छ । हिजरी पात्रोको नवौं रमजानल मुबारक महिनामा विश्वभरका मुसलमान एक महिनासम्म बिहानदेखि सूर्यस्त नहुन्जेल निराहार रोजा बस्छन् ।

कोरोनाभाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देश लकडाउनमा छन्। सामाजिक दूरी र एकसाथ थुप्रै मानिसको भीडभाडमा पनि रोक लगाइएको छ ।

विश्वमा धेरैजो इस्लामिक देशहरुमा लकडाउनमा छन् । तर जहाँ इस्लामिक समूहको दबदबा छ त्यहाँ रमजानका क्रममा मस्जिद खुला गरिएको छ। ती मस्जिदमा एक साथ थुप्रै मानिस नमाज पढिरहेका छन् ।

यो वर्ष नेपालमा लकडाउन जारी रहेका कारण रोजाका बखत गरिने सबै धार्मिक कार्य घरभित्रै बसेर पूरा गर्नुपर्ने छ । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले प िधार्मिक कार्य घरमै गर्न सबै मुसलमानको ध्यानाकर्षण गरेका छन् । पूर्वी नेपालमा मुस्लिम समुदायबाटै कोरोना संक्रमण सरेका कारण अझ त्रास फैलिएको छ ।

रमजानल मुबारकका सबै इबादत (नमाजलगायत धार्मिक कार्य) आ–आफ्ना घरभित्रै बसेर पूरा गर्न तथा लकडाउन पूर्णरुपमा पालना गर्न मुस्लिम अगुवाहरुले आग्रह गरेका छन् ।

यो वर्ष रमजानमा विश्वभर १.८ अर्ब मुसलमानका लागि निकै फरक अनुभव हुँदैछ । केही देशमा भने रोजा खुल्नुअघि नै कफ्र्यु आदेश जारी गरिएको छ । रोजा खोल्दा मानिसहरु समूहमा खान्छन् र यसलाई रोक्न आवश्यक देखिएकोले कफ्र्यु लगाउनुपरेको हो ।

रोजा बस्न मुसलमानले बिहान ३ः४३ बजेबाट बेलुका ६ः५० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । यो रमजान हिजरी संवत् १४४० को हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।

राजनीतिक दल आबद्ध संघ, संगठनले पनि रमजानल मुबारक महिनाको पावन अवसरमा शुभकामना दिँदै विश्व नै कोरोना भाइरस (कोभिड १९) को महामारीका रुपमा आक्रान्त भइरहेको र अझै महामारीको संभावना बाँकी भएको भनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिइरहेकाले रमजान अवधिभर घरभित्रै रहेर इबादत गर्न र नमाज पढ्न आग्रह गरेका छन् ।

नेकपा निकट मुस्लिम संगठनका तर्फबाट शुभकामना दिँदै सेराज अहमद फारुकी, हारुन कादरी र ताजमोहम्मद मियाँ लगायतले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न र मस्जिदहरुमा भीड नगर्न तथा मस्जिदमा एमाम, मौजिन र सरसफाई गर्ने कर्मचारीबाहेक कोही भेला नहुन अनुरोध गरेका छन् ।

कांग्रेस निकट मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारले शुभकामना दिँदै धर्मगुरुहरुको आग्रहलाई स्वीकार्दै घरभित्रै बसेर नमाजलगायतका इबादत पूरा गर्न ध्यानाकर्षण गराएका छन् । रमजानका अवसरमा बेलुकी सामूहिक नमाज हुने परम्परा रहे पनि यो पटक घरभित्रै बसेर दूरी कायम गर्दै नमाज पूरा गर्न उनको आग्रह छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...