कांग्रेसको आकस्मिक बैठक बस्दै

Nepali congress bilding

काठमाडौं । सरकारले सोमबार अध्यादेश ल्याएपछि आकस्मिक नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक मंगलबार विहान ९ बजे बस्दैछ ।

कांग्रेस सभापति देउवाले अध्यादेश जारी हुनुलाई नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको उल्लेख गरेका छन् । कांग्रेसले ‘बेमौसमी बांसुरी’ संज्ञासमेत दिएको छ ।

बैठकमा सोमबार जारी भएका दुई अध्यादेशका विरुद्धमा पार्टीले निर्णय लिने बताइएको छ । दलसम्बन्धी र संवैधानिक परिषद् गरि दुई अध्यादेश राष्ट्रपतिबाट हतार हतारमा जारी गरिएको थियो ।

कोरोनाको संक्रमणसंग पुरै विश्व लडिरहेको समयमा सत्ताको उन्मादका रुपमा अध्यादेश जारी भएको कांग्रेसको टिप्पणी छ।

प्रतिकृया दिनुहोस