गुमनाम साधना : जसको गीत बहुदलीय ब्यवस्था आउँदा प्रतिबन्ध लाग्यो

Hast pariyar final

काठमाडौं । कुनै बेला ‘जाग जाग हिमालका सन्तान’ राष्ट्रियताले ओतप्रोत भएको गीत थियो । कुनै बेला सबैको मनमा झुण्डिएको थियो यो गीत । यो गीतले देश विकास गर्न युवाहरुलाई जागृत गराउथ्यो ।

पञ्चायत कालमा चर्चामा रहेको यो गीत बहुदलीय व्यवस्था आएसँगै तत्कालीन सरकारले बन्द गरिदियो । यसको एउटै मात्र कारण थियो ‘पञ्चायत’ शब्द उल्लेख गरिनु । जसलाई बहुदलीय सरकारले प्रशारण गर्न उपयुक्त ठानेन ।

यो गीतको सर्जक थिए हस्त परियार । उनलाई पाण्डप सुनुवार र मदन दिपविनले कोरसमा साथ दिएका थिए । यो गीतले पञ्चायती समयमा रेडियो सुन्ने स्रोताको मन जितेको थियो । धेरैले यो गीत गुनगुनाउथे । र, यो गीतले हस्त परियारलाई चिनाएको पनि थियो ।

जसलाई चिनायो, त्यही गीत आज उनीसँग छैन । यो गीत मात्र रेडियो नेपालसँग सुरक्षित छ । रेडियो नेपालको कुन ठाउँमा थन्किएको छ, उनैलाई थाहा छैन । जहाँ थन्किएको भए पनि यो गीत उनका लागि प्रिय छ । स्मरणयोग्य छ ।

उनी नयाँ पुस्ताका गायक होइनन् । सायद नयाँ पुस्ताले नचिन्न पनि सक्छ । तर, २०२९ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका उनै गायक हस्त परियार राम्रा गायक हुन्, राम्रा संगीतकार हुन् ।

मदन दिपवीन, पाण्डप सुनुवार, दीप श्रेष्ठ, ओम विक्रम विष्ट, लक्ष्मी श्रेष्ठ, मुरलीधर, रत्न बेहोसी, उदीतनारायण झा, कोमल निरौला, गोकुल राई, बुलु मुकारुङ, शम्भुजित बाँस्कोटा, आदी उनकै समकक्षी हुन् ।

साहित्यका चर्चित व्यक्ति कृष्ण धारावासी, चर्चित नृत्य निर्देशक चर्तुभुज आशावादी, आदी पनि उनकै समकक्षी हुन् । यीमध्ये अधिकांस चर्चामै छन् । यी व्यक्तिहरुले हस्त परियारलाई राम्ररी चिन्छन् । तर, पूर्वी नेपालको झापामा रहेर साधनारत परियार गुमनाम छन् ।

यात्रा ४७ वर्षको
उनले साँगीतिक यात्रा थालेको पनि झण्डै पाँच दशक नाघीसक्यो । २०१८ सालताका नै उनी बाल कलाकारको रुपमा चिनिएका थिए । उनले औपचारिक रुपमै स्वर परिक्षा पास गरेको पनि ४७ वर्ष भइसक्यो ।

यो अवधीमा उनले दर्जनौ गीतमा स्वर दिए । त्यति नै संख्यामा संगीत भरे । खासगरी उनले पूर्वतिर धन्किने लोकभाकामा स्वर दिए । आधुनिक गीतमा पनि स्वर दिए । संगीत भरे । अनि ३ वटा चलचित्रका गीतहरुमा पनि संगीत भरे ।

उनी राम्रा र असल शिक्षक पनि थिए । उनले गायनसँगै शिक्षण पेशालाई बाँच्ने आधार बनाएका थिए । २०२७ सालदेखि शिक्षण पेशामा प्रवेश गरेका परियारले शिक्षण पेशामा रहँदा पनि सांगीतिक यात्रालाई सँगै डोहो¥याइरहे । मोफसलमै रहेर पनि उनले साँगीतिक साधनालाई जारी राखे । त्यही भएर उमेरले ६९ वर्ष टेक्दा पनि युवा जोसमै गीत गाउँछन् । युवा जोसमै हारमोनियम बजाएर दर्शकलाई मत्रमुग्ध बनाउँछन् ।

उनको पहिलो गीत २०२९ सालमा रेकर्ड भएको थियो । ‘नभन्देउ है कसैसँग मैले माया गरे भनेर’ जुन गीत २०२९ सालमा भएको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा चौथो भएको थियो । त्यसबेला चौथोसम्म हुने गीत रेडियो नेपालले रेकर्ड गर्ने गथ्र्यो ।

उनको यो गीत चौथो हुँदा ‘विधुवालाई सिन्दुरका रहर’ बोलको गीतबाट दीप श्रेष्ठ प्रथम भएका थिए । यही शब्द नै उत्कृष्ट भएको थियो, जुन शब्द शिवशंकर थापाले रचना गरेका थिए ।

पारिश्रमिक १५० रुपैयाँ
पञ्चायत कलाको जमना । कलाकारको संख्या पनि औलामा गन्न सकिने अवस्था थियो । प्रविधिको विकास पनि भएको थिएन । प्रविधिको विकास नहुँदा रेडियो नेपालमा मात्रै गीत रेकर्ड हुन्थ्यो ।

उनले पहिलोपटक २०२९ सालमा ‘नभन्देउ है कसैसँग मैले माया गरे भनेर’ बोलको गीत रेकर्ड गर्दा १ सय ५० रुपैयाँ पारिश्रमिक पाएका थिए । आज त्यो दिन उनी झल्झली सम्झिन्छन् ।

‘त्यो बेला गीत गाएर पाएको पैसा मेरो लागि निक्कै महत्वपूर्ण थियो’ उनले निशान न्युजसँग भने, ‘त्यतिबेला पैसाको मुल्य मात्रै होइन, मेरो लागि गीत गाएर पहिलोपटक पाएको पारिश्रमिक जति भए पनि बिर्सनलायक कहाँ हुन्छ र ?’

डोरेगमको पाठ सारेगममा
सारेगमपधनिसा
सानिधपमगरेस

नेपाली गीत संगीतमा प्रयोग हुने संगीतको सुत्र हो । अधिकांस गायकगायीकाहरुले यसैलाई साधनाको मन्त्रको रुपमा लिन्छन् ।

उनी पूर्वी नेपालमा जन्मिए, हुर्किए । पूर्वी नेपालमा छिमेकी देशमा भएका विकासले प्रभाव पार्छ । उनी भारतको दार्जिलिङका शिक्षकहरुको प्रभावमा थिए । भारतबाट आउने शिक्षकहरुले संगीत सिकाउँदा ‘सारेगमपधनिसा, सानिधपमगरेसा’ सिकाउँदैथे ।

डोरेमिफासोलाटिडो
डोटिलासोफामिरेडो

जुन शुत्र पश्चिमा गायक गायीकाहरुले अपनाउँछन् । स्पाइनिसहरुले प्रयोग गर्छन् । उनले पनि यही शुत्र सिके । अर्थात् उनलाई दार्जिलिङबाट संगीत सिकाउन आउने शिक्षकहरुले यही सिकाए । ‘उहाँहरुले ‘डोरेमिफासोलाटिडो, डोटिलासोफामिरेडो’ लाई नेपाली ‘सारेगमपधनिसा, सानिधपमगरेसा’ मा पनि भन्न सिकाउँथे’ उनले भने, ‘मैले इलामको शान्तिपुरमा दार्जिलिङबाट आउँदा भी सुब्बाले सिकाउनु भएको हो ।’

डोरेमिफासोलाटिडो
डोटिलासोफामिरेडो

यो शब्द उनले गुनगुनाउँदैनन् । यसको सट्टा ‘सारेगमपधनिसा, सानिधपमगरेसा’ मै रियाज गर्छन् । किनकी यो शब्द प्यारो छ उनका लागि । सारेगमपधनिसा मै छ उनको मन । किनकी यसमा नेपालीपन छ । नेपाली भाषा छ, मौलिकता छ ।

राजनीतिज्ञ पनि
उनी कुनै जमानाका राम्रा र असल शिक्षक पनि थिए । कुनै जमानाका चर्चित गायक थिए । र अहिले उनी सामाजिक काममा उत्तिकै चर्चित छन् । राजनीतिमा पनि उत्तिकै चर्चित छन् ।

झापा जिल्ला नेपाली राजनीतिमा पटकपटक प्रभावमा राख्ने जिल्ला हो । अहिलेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला पनि झापा नै हो । नेपाली राजनीतिमा द्धन्द्ध समाधानमा महत्वपूर्ण भुमिका खेलेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको जिल्ला पनि झापा नै हो । त्यति मात्र नभएर झापा विद्रोहमा सक्रिय सिपी मैनाली झापाकै हुन् ।

यही जिल्लामा सामाजिक काममा सक्रिय रहेका परियार नेपाली कांग्रेसमा आवद्ध छन् । उनी नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रिय सदस्य पनि हुन् । उनी यतिबेला उमेरले नेटो काटेको भए पनि युवा जोसमै साधनारत छन् । युवा जोसमै राजनीतिमा सक्रिय छन्, युवा जोसमै सामाजिक अभियानमा सक्रिय छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...