कोरोना पीडितको नाममा उठेको डलरमा लाग्यो कांग्रेस नेताको गिद्धे नजर

Us news nishan

न्युयोर्क । यतिबेला विश्व कोरोनाको महामारीले आक्रान्त बनेको छ । त्यसमा पनि अमेरीकामा पत्याउनै नसकिने गरी फैलिरहेको छ । जहाँ नेपाली पनि उत्तिकै मरिरहेका छन् भने संक्रमिता पनि उत्तिकै छन् ।

यही अमेरीकामा यतिबेला कोरोना पीडितलाई राहत दिन भनी केही व्यक्तिहरु निक्कै सक्रिय छन् । उनीहरु अमेरीकामा बस्ने नेपालीका लागि भनेर राहत उठाइरहेका छन् । तर, यसरी उठाइएको पैसा पीडितलाई होइन, राहत दिने भन्नेहरुकै खल्तीमा पुगिरहेको छ ।

कोरोनाले आक्रान्त बनेको अमेरीकाको न्युयोर्कमा धेरै संघ संस्थाहरू आ–आफ्ना समुदायको बिरामीहरूको सहयोगका लागि जुटिरहेका छन् । तर, नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समितिका महासचिव भने पीडितका नाममा राहत उठाउँदै आफैँ कुम्ल्याइरहेका छन् ।

यतिसम्मकी उनले कसैको सहमतिविना समितिको लेटरप्याट नै नयाँ बनाएर गैरजनसम्पर्कका व्यक्तिहरूलाई काखी च्यापेर विभिन्न निकायमा आर्थिक सहयोग उठाइरहेका छन् । यसले नेपाली कांग्रेसका अन्य कार्यकर्तालाई नै लज्जित बनाइदिएको छ ।

यसअघि २०७२ सालमा महाभुकम्पको बेलामा उठाएको सहयोग रकम हिनामिनामा गरेका भनी जनसम्पर्क समितिका सभापति आनन्द बिष्टले निष्कासित गरेका मध्येका महासचिव मुनेन्द्र नेङबाङ पनि अहिले पुनः यो महामारीका बेला आर्थिक संकलनमा लागेका छन् । यही कारण पनि जनसम्पर्क समिति अमेरीका पुनः विवादमा तानिएको छ ।

कोरोनाबाट प्रभावितहरूलाई सहयोग गर्ने उदेश्यले बनेको कोरोना सचेतना समुह पनि बनेको छ । त्यसमा न्युयोर्कमा रहेका केही राजनीतिक समुह, जनजाति महासंघका प्रतिनिधि तथा केही प्रतिष्ठित ब्यक्तिहरू आवद्ध छन् ।

जति समुहहरू संलग्न रहे पनि आर्थिक सहयोग होईन, अत्याबश्यक सामाग्रीहरू सहयोग माग्दै बिरामीहरूलाई एवं प्रभावित विद्यार्थीलाई वितरण गर्दै आएका छन् । जुन कार्यको चौतर्फी प्रशंसा पनि भइरहेको छ । तर, अचानक महासचिव नेङवाङले जनसम्पर्क समितिको नयाँ ढाँचाको लेटरप्याड प्रयोग गरेर सहयोग मागिरहेका छन् ।

उनले प्रयोग गरेको नयाँ लेटरप्याडमा नेजस अमेरीकाको ट्याक्स आईडी राखी आफ्नै घरको ठेगाना र ईमेल पनि नयाँ बनाएका छन् । यही नयाँ लेटरप्याड प्रयोग गरेर विभिन्न निकायमा आर्थिक सहयोगको लागि पत्रचार गरेका छन् भने सरकारी निकायका ब्यक्तिसँग कन्फरेन्स बैठक बसेको प्रमाणहरू सार्वजनिक पनि भइरहेका छन् ।

महासचिव नेङवाङले आफूले उक्त कार्य सभापति बिष्ट कै सहमतिमा गरेको बताए पनि बिष्टले त्यसलाई अस्वीकार गर्दै आएको स्रोतको दावी छ । त्यही समितिका रहेका एक सदस्य डा. तारा निरौलाले आफुलाई राजनीतिक समुहमा राखेर गरिएको प्रचार गरेकोमा आपत्ति जनाइसको छन् ।

उनले आफु कुनै पनि राजनीतिक समुहमा संलग्ता नरहेका जानकारी सामाजिक संजालमार्फत प्रष्ट परेपछि नेङवाङले गरेको कार्य गलत रहेको चर्चा अमेरीकामा बसोबास गर्ने नेपालीमाझ व्यापक चलेको छ ।

अझ सोही समितिमा कोअनिटेर भनेर न्युयोर्क राज्यको सिनेटर जोन लीसँग संबाद गरेका जनसम्पर्क समितिको साधारण सदस्यतासमेत नरहेका सूर्य लम्सालको भने कुनै प्रतिक्रिया आएको छैन ।

केही समयअघि नेपालबाट नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह अमेरीका आएको बेला टिका लगाएर कांग्रेस प्रबेश गरेका थिए । अहिले जन सम्पर्ककै लेटरप्याड दुरुपयोग हुँदा लम्सालप्रति धेरैले विभिन्न शंका गरेका छन् । स्मरण रहोस् लम्साल एनआरएन अमेरीकाका अध्यक्षका प्रत्यासी पनि थिए । उनलाई महासचिव नेङवाङले सघाएका पनि थिए । तर, जनसम्पर्कको आधिकारिक समर्थन सभापति आनन्द बिष्टले सुनील शाहलाई गरेका थिए ।

रात दिन न्युयोर्कमा कोरोनाका बिरामीलाई सेवा दिइरहेका सबै समुहहरूको पनि यस्तो कार्यले मनोबलमा ह्रास आएको महसुस गरेका छन् ।

महाभुकम्पको बेला भएको आर्थिक हिनामिना गरेको भन्दै कार्यवाही गरेका सभापति आनन्द बिष्टले दवावमा परेर विना कुनै छानविन र स्पष्टीकरण नलिई नेङवाङलाई पुनः महासचिवको जिम्मेवारी दिएका थिए ।

तर पछिल्लो समयमा पनि नेङवाङले आफ्नो कार्यमा सुधार नगरेपछि नेपाली कांग्रेसकै प्रतिष्ठामा आँच पुग्न थालेको छ । यस्तो गलत कार्य हुँदा पनि नेङवाङलाई कारवाही नहुँदा कांग्रेस वृत्तमा निक्कै चर्चाको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...