नेकपा कार्यविभाजन : सरकार ओलीको र पार्टी दाहालको जिम्मामा, महाधिवेशन चैतमा हुने  

118991663 3327543304004817 5635153473114567794 o

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केपी शर्मा ओलीले सरकार र पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने प्रस्ताव पास गरेको छ ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओली सरकार र दाहाल कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको हो ।

आजको स्थायी कमिटी बैठकमा अध्यक्षद्धय ओली र दाहालको प्रस्ताव पेश भएको थियो । जहाँ वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित १३ नेताले बोलेका थिए ।

उक्त नेताहरुले दिएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरिएको बताइएको छ । अब पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउने र पार्टीको मागर्दशनमा सरकार चल्ने जनाइएको छ ।

यसका साथै आजको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस