लेबनानमा शक्तिशाली बिस्फोट भएकै स्थानमा पुनः भयानक आगोलागी

Beirut jlhjngt0wv

एजेन्सी । लेबनानको राजधानी बेरुतमा एक महिना अघि शक्तिशाली बिस्फोट भएकै बंदरगाहमा भयानक आगलागी भएको छ । महिना दिन अघिको शक्तिशाली बिस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो ।

स्थानीय प्रशासनका अनुसार आगलागी बन्दरगाहको ड्युटी फ्री जोनमा रहेको कुनै तेल वा टायर गोदाममा लागेको हो जसलाई बढ्नबाट रोकियो । स्थानीय प्रशासनका अनुसार यो घटनामा कसैको ज्यान गएको छैन तर आगो यति भयंकर थियो कि यसबाट निस्किएको कालो धुँवाले बेरुत शहरको पूरा आकाशलाई आफ्नो रङ्गमा रङ्गाएको थियो ।

यद्यपि, आगलागीको स्पष्ट कारण भने पत्ता लाग्न सकेको छैन लेबनानको सेनाले आगोमाथि नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गर्नुपरेको बताइएको छ । सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा ज्यान बचाउनका लागि धेरै मानिसहरु घटनास्थलबाट भागिरहेको देख्न सकिन्छ । बेरुतमा सिभिल डिफेन्सका निर्देशक जनरल रेयमन्ड खटरले जुन स्थानमा आगलागी भएको छ त्यस वरपरका सबै बाटो बन्द गरिदिएको जानकारी दिएका छन् ।

बन्दरगाहबाट निर्देशक बासिम अल–कैसीले एक स्थानीय रेडियो च्यानलसँगको कुराकानीमा खाना बनाउने तेलको ठूलो भण्डारबाट आगलागी सुरु भएको जानकारी दिए । त्यसपछि आगो टायरको गोदाम राखिएको इलाकासम्म पुगेको बताइन्छ । उनले भने, ‘आगलागी गर्मीका कारण भएको हो वा कुनै गल्तीका कारण भएको हो भनेर अहिले नै भन्नु हतार हुनेछ । सरकारी अधिकारी यसबारे अनुसन्धान गरिरहेका छन् ।

स्थानीय प्रशासनले स्थिती नियन्त्रणमा भएको बताइरहेका छन् तर सोसल मिडियामार्फत् थाहा हुन्छ कि यो आगोका कारण मानिसहरुमा कति चिन्ता छ भनेर थाहा पाउन सकिन्छ किनभने गत महिना भएको ठूलो बिस्फोटको याद उनीहरुको मनमा अहिलेसम्म पनि ताजै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...