दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुलाई

Ram bejyo0grkk

काठमाण्डौ । दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले हात पार्नुभएको छ । शनिबार राति काठमाण्डौको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पार्नुभएको हो ।

टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल हुनुभएको हो । उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्टसमेत हासिल गरेका छन् ।

 कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि परे । यसअघि फिनालेमा पुगेका उनीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...