अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली

Oli hospital lftxz1kcfn

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सक डा.अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार डिस्चार्ज भएका हुन् ।

उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यसयता उनी अस्पतालमै उपचाररत थिए । डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । प्रधानमन्त्री ओली डिस्चार्ज भएपनि केही दिन बालुवाटारस्थित निवासमै आराममा रहनु पर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय