भीआइपीलाई धमाधम कोरोना संक्रमण, कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

Dr.sasank koirala

काठमाडौं । समुदायका कोरोना संक्रमण फैलिइरहेका बेला नेपालमा भिआइपीहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेको छ । यसैक्रममा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार ह्याम्स अस्पतालमार्फत संकलन गरिएको स्वाब परीक्षणका क्रममा कोइरालामा कोरोना पुष्टि भएको छ । ज्वरो आएपछि कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । उनको निवासमा कार्यरत र सुरक्षाकर्मीगरी १९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन । चिकित्सकहरुको सल्लाहअनुसार कोइराला होम आइसोलेसनमा बसेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोधसमेत गरेका छन् ।

यसअघि नेपालमा उद्योगपति विनोद चौधरी, प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे लगायतका भीआइपीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस्तो छ कोइरालाको ट्वीट
प्रिय साथीहरू !
आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन ।
चिकित्सकहरुकाे सल्लाह अनुसार हाल म हाेम आइसाेलेसन (Home Isolation) मा बसेकाे छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुराेध गर्दछु ।
जय नेपाल

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...