घरमा भेटियो महिलाको शव, घाँटीमा बेरिएको थियो आठ फुट लामो अजिङ्गर

Photo source facebook com hurst laurab1 1572688331 y3jc1ynbye

एजेन्सी । अमेरिकाको इन्डियानामा एउटा निकै आश्चर्य लाग्ने घटना भएको छ । त्यहाँ एक ३६ वर्षकी महिलाको शव उनको आफ्नै घरमा भेटिएको छ । उनको घाँटीमा भीमकाय एउटा अजिङ्गर बाँधिएको थियो । त्यति मात्र होइन, प्रहरीले घरमा १४० सर्प पनि भेटेको जनाएको छ ।

अक्सफोर्डमा ब्याटल ग्राउन्डमा लारा हस्र्टको शव भेटिएको त्यहाँको प्रहरीले जनाएको छ । उनको शवको पोस्टमार्टम रिपोर्टले उनको मृत्यु सास फेर्न नसकेर भएको बताइएको छ । यस्तो भएको चाहिँ उनको घाँटीमा आठ फिट लामो अजिङ्गर बेरिएकाले हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय