एकै दिन चितवनका सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि

Covid test

चितवन । शनिबार एकै दिन चितवनका १ सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २९ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ एकैदिन सय भन्दा बढीको संख्यामा संक्रमित फेला परेका हुन् ।

शनिबारै दिउँसो चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन् । भरतपुर महानगरपालिकाका २७ र खैरहनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू २१ देखि ८० वर्षसम्मका छन् ।

भरतपुरका संक्रमितहरू भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, भरतपुर क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब लिइएकाहरू हुन्। खैरहनीका दुईजना होम क्वारेन्टिनमा छन् । त्यसैगरी, अन्य जिल्ला घर भएर चितवनका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका १३ जनामा संक्रमण देखिएको छ ।

उनीहरू तनहुँ, झापा, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, वागलुङ र झापाका हुन् । तनहुँको देवघाटस्थित क्वारेन्टिनमा रहेका एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६०० नाघेको छ । यहाँ उपचाररत् ११ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । उनीहरूमध्ये ४ जना चितवनका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...