वीरगन्जमा प्लाज्मा थेरापीको तयारी गर्दागर्दै कोरोना संक्रमितको मृत्यु

Corona death all use

वीरगन्ज । वीरगन्जमा प्लाज्मा थेरापीका लागि तयारी गर्दागर्दै कोरोना संक्रमित पुरुषको मृत्यु भएको पाइएको छ । गण्डक कोभिड अस्पतालको आइसियूमा उपचाररत बाराका ५९ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

अस्पतालले प्लाज्मा थेरापीका लागि तयारी गर्दैगर्दा उनको मृत्यु भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए । सिंहका अनुसार वीरगन्जमा पहिलोपटक उनैमा प्लाज्मा थेरापीको तयारी हुँदै थियो ।

बाराको महागढीमाई नगरपालिकाका हुन् । ती पुरुष भदौ ६ गतेदेखि अस्पतालको आइसियूमा थिए । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएका उनी निमोनियाँका बिरामी थिए ।

बाराकै सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय वृद्धको पनि सोही अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोमबार राति मात्रै अस्पताल पुर्‍याइएको थियो ।

‘राति १० बजेतिर उहाँलाई अस्पताल ल्याइयो, आइसियू खाली नभएका कारण हामीले आकस्मिक कक्षमा राखेर उपचार गर्दै थियौं । तर उनको मंगलबार विहान मृत्यु भएको हो ।

उनका अनुसार गण्डक अस्पतालको आइसियूका १० शैया र अन्य ७ शैयामा निमोनियाँ भएका कोरोना संक्रमितहरू छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । आइसियू खाली नभएका कारण गम्भीर अवस्थाका बिरामीहरूलाई पनि सामान्य शैयामा अक्सिजन दिएर राखिएको छ ।

अस्पतालको कुल क्षमता ५० शैयाको रहे पनि अहिले ५५ जना बिरामीहरूको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...