उपत्यकाभित्र ह्वात्तै बढ्यो संक्रमण, पछिल्लो २४ घण्टामा २३२ जनामा भेटियो संक्रमण

Corina virus

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार देशभर ८५५ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

मन्त्रालयका अनुसार सात जिल्लामा ५ सय बढी संक्रमित रहेका छन् । मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन् ।  मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट १६४ जनाको मृत्यु भएको छ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...