नेपाल म्यानमारसँग ३ गोलले पराजित

Nepa myanmar

काठमाडौं । म्यानमारसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ३–० गोलले पराजित भएको छ । म्यानमारको घरेलु मैदान मण्डलयमा बिहीबार सम्पन्न खेलमा नेपालले घरेलु टोलीसँग ३–० को हार बेहोरेको हो ।

मन्डला थिरी स्टेडियमा खेलको अन्तिम समयसम्म नेपालले कुनै गोल गर्न सकेन । नेपालले विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । म्यानमारका लागि अंग थु, डेविड तान र लेंग बो बोले एक–एक गोल गरे ।

नेपालले आगामी १९ नोभेम्बरमा कुवेतसँग खेल्दैछ । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न बाँकी छ । विश्वकप छनोटमा नेपाल समूह बी मा र म्यानमार समूह एफमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...