कोरोनाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, सचेत रहन सरकारको आग्रह

Corona death all use

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जानकारी गराएअनुसार पछिल्लो २४ घण्टामा विभिन्न ११ जिल्लामा ११ जनाको मृत्यु भएको हो ।

मोरङ, पर्सा बारा, सप्तरी, सर्लाही, काठमाडौं, लिलतपुर, चिवतवन, मकवानपुर र प्युठानमा एक/एक जनाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन गत साउन ६ गतेदेखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ । कोरोनाको संक्रमण र मृतकको संख्या पनि बढिरहेको भन्दै सरकारले सर्व साधारणलाई सचेत रहन आग्रह समेत गरेको छ ।

उपचारमा सरकारको खर्च समेत अत्यधिक भइरहेको र उपचारको सम्भावनासमेत नभएको भन्दै सरकारले बुधबारदेखि गरिएको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न सरकारले आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...