नेप्सेमा ११ दशमलव ३३ अंकको सुधार, बिहीबार यो साताकै तुलनामा सबैभन्दा बढी कारोबार

Stock nepse market nepal

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११ दशमलव ३३ अंकको सुधार देखिएको छ। सातामा कारोबारको पहिलो दिन १ हजार १ सय ३८ दशमलव ०१ को बिन्दूमा रहेको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा १ हजार १ सय ४९ दशमलव ३४ अंक कायम भएको छ ।

बिहीबार १ सय ५५ वटा कम्पनीको १२ लाख ४ हजार कित्ता सेयर ४ हजार ४ सय ४२ पटक खरिद-बिक्री हुँदा ३२ करोड ७६ लाख ३२ हजार २ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भएको कारोबार रकम यो साताका अन्य दिनको तुलनामा सबैभन्दा बढी हो ।

बिहीबार निर्जीवन बिमा समितिको उपसूचक ८ दशमलव १४ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बिमा समितिको उपसूचक २१ दशमलव ५१ अंकले बढेको छ ।

नेप्सेका अनुसार बिहीबार मेगा बैंक लिमिटेडको सबैभन्दा धेरै ७ करोड ११ लाख ३ हजार ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कमाउनेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव ३३ प्रतिशतका दरले कमाए भने सबैभन्दा धेरै गुमाउनेमा अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...