कांग्रेस सांसद कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा

Cadel

काठमाडौँ । दोहोरो नागरिकता विवामा मुछिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा पनि चलिरहेको छ । उनीमाथि उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोप लागेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

हिन्दुस्तान दैनिकका अनुसार चार वर्षअघि उज्ज्वल नेपाल आएका वेला कँडेलको योजनामा नवलपरासीबाट उनको अपहरण गरिएको थियो । कँडेलसहित पाँचजनाविरुद्ध उज्ज्वलकी पत्नी सुनिता सिंहले भारतीय प्रहरीको महाराजगन्ज तहसिलमा जाहेरी दिएकी थिइन् । अहिले त्यो मुद्दा इलाहावाद हाइकोर्टमा विचाराधीन छ ।

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले देवेन्द्रराज कँडेलसँग दोहोरो नागरिकता रहेकोबारे संसद्सँग औपचारिक जानकारी नभएको बताइन् ।

सञ्चारमाध्यमले उठाएको प्रश्नबारे भने आफू जानकार रहेको उनको भनाइ छ । सरकारले अनुसन्धान गरेर औपचारिक जानकारी नगराएसम्म संसद्ले कँडेललाई कुनै कारबाही गर्न नसक्ने तुम्बाहाङफेले बताइन् । ‘प्रश्न उठेको छ, अनुसन्धान गर्ने निकायले अनुसन्धान गरेर संसद्लाई जे विवरण बुझाउँछ, त्यसका आधारमा मात्र कारबाही अघि बढाउन सकिन्छ,’ उनले भनिन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दोहोरो नागरिकता विवादमा मुछिएका आफ्ना सांसद देवेन्द्रराज कँडेलले तथ्य प्रस्ट्याउने र अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् । सार्वजनिक रूपमा प्रश्न उठिसकेपछि तथ्य प्रस्ट पार्नु कँडेलको कर्तव्य हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...