काठमाडौं मध्य बानेश्वरमा १ सहित ४ जनाको कोरोनाबाट मृत्यु

Corona death all use

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने धनुषाको अपेडट हुन बाँकी भएकाले ७९ मात्र देखिएको छ ।

मृतक ४ जनामध्ये एक जना काठमाडौंस्थित मध्य वानेश्वरका छन् । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मधुमेहका विरामी उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार विहान निधन भएको हो ।

निमोनिया र मधुमेहका विरामी उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार विहान निधन भएको हो ।

वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...