महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

Krishna bahadur mahara

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशन शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख महरालाई पक्राउ भएको मितिले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

असोज १९ गते पक्राउ परेका महरा अदालतको आदेशअनुसार अब तीन दिन प्रहरी हिरासतमा बस्नुपर्नेछ । त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक निर्णय गर्नेछ । अबको तीन दिनको म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्न सक्नेछ ।

महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो ।

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...