एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ६३ पुग्यो

Corona death 10

काठमाडौँ । काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

मृत्यु हुनेमा मोरङ र पर्साका दुई–दुई जना र सर्लाहीका एक जना छन् । मोरङका दुई जनाको भने कोसी अस्पतालमा मृत्यु भएको हो ।

उनीहरूको मृत्युपछि कोरोना पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए । उनले मृतक दुबै जना ४५ वर्षका रहेको जनाए। मृतक एक जना रंगेली र अर्का विराटनगर महानगरपालिका–९ निवासी हुन् ।

बुधबार दिउँसो ४ बजे आएको रिपोर्टमा दुबै जनामा कोरोना पोजेटिभ देखिएको हो । अहिले मृतकहरूको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ । मोरङ रंगेलीका ती पुरूषलाई भने आज बिहानै अस्पताल ल्याउँदा नै बाटोमै मृत्यु भएको थियो ।

परिवारले श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनको कोरोना परीक्षण गरिएको हो । यस्तै, मोरङ निवासी अर्का पुरूषमा पनि श्वासप्रश्वास, छाती दुख्ने र पखालाको समस्या देखिएपछि हिजो बिहान अस्पताल भर्ना गरिएको थियो । सुरूमा आकस्मिक कक्षमा उपचार गरेपछि उनलाई पछि आइसोलेसनमा सारिएको थियो ।

उनको पनि दिउँसो तीन बजे मृत्यु भएको डा. यादवले जानाकरी दिए । उनको पनि आजै कोरोना पोजेटिभ देखियो । बुधबार नै पर्सामा दुई जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जसमा ४६ वर्षीय पुरूष र १८ वर्षीय किशोरी छन् ।

पर्सा पोखरियाकी किशोरीको भने मृत्युपछि संक्रमण पुष्टि भएको हो । आजै काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् एक जना संक्रमितको मृत्यु भएको छ ।

सर्लाही मलंगवा नगरपालिका–६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए ।

गत शुक्रबार (१६ गते) मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राखिएको थियो,एसपी डा. नेपालले भने, उनको त्यही दिन कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो । आइतबार उहाँमा कोरोना पुष्टि भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...