आज विजया दशमी : कुन नेताले कसको हातबाट टीका लगाए ?

Kp oli tika

काठमाडौं । हरेक नेपालीहरुले आज विजया दशमी मान्यजनको हातबाट टीका ग्रहण गर्दै मनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगार विजया दशमी मनाएका छन् । ओलीले पत्नी राधिका शाक्य, परिवारजन, उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाइ टीका लगाएकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाएकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेकपाका महासचिव विष्णु पौडेल लगायतलाई टीका लगाए ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट यसवर्षको दसैँको टीका ग्रहण गरेका छन् । उनले आज उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेका हुन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुबाको हातबाट टीका ग्रहण गरेका छन् । समाजवादी पार्टीका संघीय अध्यक्ष समेत रहेका भट्टराईले ९० वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट बडादसैँको अवसरमा टीका ग्रहण गरेका हुन् । उनका परिवारले नै बुबाबाट टीका तथा आशीर्वाद थापेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाइ रथी नेत्रबहादुर थापा (अप्रा) र भाउजु अमिताको हातबाट विजया दशमीको टीका ग्रहण गरेका छन् । विजया दशमीको उत्तम साइतमा नै नेता थापाले दाजु र भाउजुको हातबाट टिका ग्रहण गरेका हुन् ।-

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...