पहिलोपटक नेपालमा कोरोनाबाट विदेशी नागरिकको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

Corona death 13

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । आज बिहान ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएसँगै मृतकको संख्या ४२ पुगेको छ ।

पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा दुईजनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । मन्त्रालयका अनुसार महोत्तरीको मोरइका ६० वर्षीय पुरुषको गए राती उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

अस्पतालमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले बताए । उनका अनुसार ती पुरुषको गए राती नै अन्तिम संस्कार गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...