नेकपाको स्थायी कमिटि बैठक सरेको सर्‍यै, अब मंगलबार मात्रै बस्ने

Nekapa sachibalaya baithak

काठमाडौं । पटकपटक स्गथित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि सरेको छ ।

पटकपटक स्थगित हुँदै आएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने भनिएको थियो । तर, फेरि साउन ६ गते मंगलबारसम्मका लागि बैठक स्थगित भएको छ ।

नेताहरुबीच थप छलफल गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आन्तरिक विवाद समाधानतर्फ केन्द्रित नभएपछि नेकपा स्थायी कमिटी बैठक पटक पटक स्थगित भएको छ । 

हिजो सचिवालय बैठक सकिनासाथ दुबै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । आन्तरिक किचलोमा परेको नेकपाको हिजो बसेको सचिवालयको बैठकअघि अध्यक्षद्धयको सहमतिपछि पार्टी एक भएर जाने संकेत देखिएको छ । यद्यपि असन्तुष्ट खेमालाई मिलाउन अझैं प्रयास गर्नुपर्ने अवस्था छ ।

प्रतिकृया दिनुहोस