भारतमा एकैदिन ३७ हजार बढी कोरोना संक्रमित थपिए

Coro1588135147764

काठमाडौँ । भारतमा एकैदिन ३७ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । भारतमा लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा भारतीय संञ्चारमाध्यामले जनाएका छन् । यसअघि गएको शुक्रबार एकै दिन सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित थपिएको भारतमा आइतबारको तथ्यांकले त्यसलाई पनि उछिनेको छ । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म १० लाख ७७ हजार ८६४ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७३ हजार ४०६ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५४३ जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार ८२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...