समाचार पढ्दापढ्दै दाँत खसेपछि (भिडियोसहित)

Marichkapadalko

टेलिभिजनमा प्रत्यक्ष बोल्दा थुप्रै चुनौतीहरु हुन्छन् । लुकिगं, मेकअप, एक्सप्रेसन आदिमा निकै ध्यान दिनु पर्ने हुन्छ । र प्रस्तोताहरु निकै सावधान पनि हुन्छन् । तै पनि कहिले काँही अनौठा घटना भईदिन्छन् ।

यस्तै भएको छ युक्रेनकी एक महिला पत्रकारलाई । युक्रेनकी पत्रकार मारिच्का पाडाल्कोले टेलिभिजनमा बोल्दा बोल्दै उनको दाँत झरेको छ । त्यस पछि उनले सम्हालिएर रिपोर्ट प्रस्तुत गरिन् तर दाँत झरेको कुरा अरुले थाहा पाए ।

उनले कसैलाई नढाँटी आफ्नो ईन्स्ट्राग्राममा पोष्ट गरिन् र भनिन् मैले समाचार पढेको २० बर्ष भयो तर यस्तो अचम्मको अनुभूति पहिलो पटक भयो ।

भिडियोमा उनले समाचार पढ्दा पढ्दै दाँत अलि तल झरे पछि हातले छोपेर दाँत व्यवस्थापन गरेको देख्न सकिन्छ । उनको यो भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको थियो भने धेरैले उनको प्रशंसा गरेका छन् ।

उनले केही बर्ष अघि आफ्नी सानी छोरीले भित्ते घडी आफूतिर फ्याक्दा मुखमा लागेर दाँत झरेको र पछि नक्कली दाँत हालेको स्वीकार गरेकी छन् । त्यही दाँत पनि टेलिभिजनमा बोल्दा बोल्दै खसेको उनले स्वीकारेकी छन् ।

यस्तो परिस्थिति आउन सक्छ, केवल शान्त रहनुस् उनले अरुलाई सुझाएकी छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...