नयाँ नक्साले सरकारको आयु नै बढायो : अध्यक्ष गिरी

Varat giri

काठमाडौं आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक प्रशासनिक नक्सा सार्वजनिक गरेर आफ्नो आयु बढाएको बताएका छन्

अध्यक्ष गिरीले सर्वत्र आलोचना खेपिरहेको सरकार यो कामपछि थोरै भएपनि सहज अवस्थामा पुगेको टिप्पणी गरेका छन् उनले यति गरेर मात्र सरकारको दायित्व पूरा नहुने भन्दै सरकारलाई सचेत जिम्मेवार हुन आग्रह गरेका छन्

उनले सरकार आन्तरिक समस्यामा भएको ढल्ने अवस्थामा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेर संकट टारेको बताएका छन् उनले यसअघि कसैले नगरेको यो कामको प्रशंसा गरेका छन् उनले नक्सामात्र ल्याएर जनतालाई झुक्याउन नहुने समेत स्पष्ट पारेका छन्

सरकारका एक हजार गल्ती होलान् तर यो सीमाको विषयमा देखाएको गम्भीरता प्रशंसायोग्य उनले भनेसरकारले अनावश्यक गफ नगरेर सधैं जनताको मन छुने खालका काम गर्दै त्यसै अनुसारका योजना ल्याउनु जरुरी सरकारले गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको भन्दै उनले झण्डै दुई तिहाई नजिकको सरकारले जनताका गुनासालाई सम्बोधन गर्न चासो नदिएको आरोपसमेत लगाए

पार्टीले सीमा विवाद समाधान गर्न भारतीय दूतावाससहित पहल गरिदिनका लागि अन्य दुतावासमा पनि ज्ञापनपत्र बुझाइसकेको समसामयिक राजनीतिमा चासो राख्दै आएको पार्टीले सरकार नेताहरु जिम्मेवार नभएकाले यो असहज अवस्था आएको निश्कर्ष निकालेको

पार्टीले अहिले संगठन विस्तारमा ध्यान केन्द्रित गरेको विदेशमा पनि सम्पर्क गर्दै संगठन विस्तारमा क्रियाशिल पार्टीले आगामी दिनमा आफ्नोभिजनले देशलाई सही ट्रयाकमा लाने दावी गरेका छन् उनी सबै पार्टी परीक्षण भइसकेकाले अब आफूहरुलाई जिम्मेवारी दिए नेपालको विकास विस्तारमा परिवर्तन गरिदिने बताउँछन्

आफ्ना विचारलाई देशव्यापी रुपमा लैजाने योजनामा रहेको भन्दै अध्यक्ष गिरीले अरु पार्टीहरु विदेशीको ईशारामा चल्ने भएकाले नेपाल नेपालीको हकहितमा समय दिन नसकेको पनि आरोप लगाएका छन्

यो सरकारबाट जनताले केही पाउँछन् भन्ने सोच्नु भनेको मरुभूमिमा खोला बग्छ भनेर कल्पना गर्नुजस्तो होअध्यक्ष गिरीले भनेसरकार चरम रुपमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको , अनियमितता अस्थिरता बढ्दै गएको , यो राम्रो लक्षण होइन उनले आफूहरुको सरकार बनेपछि अहिले देखिएका समस्याको पहल गर्ने दावी गर्छन्

उनले कोरोना भाइरसका कारण भएको लकडाउनमा सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको उनले ठोकुवा गरेका छन् लकडाउनमा सबै नागरिकलाई पुग्ने दाल, चामल, तेल अन्य अत्यावश्यक सामग्रीसहित कम्तिमा परिवारलाई मासिक हजार रुपैंया उपलव्ध गराउन सकेको भए सरकारको पक्षमा जनलहर बढ्ने थियो भन्दै उनले आगामी दिनमा यो बाटोतिर लाग्न सुझाव दिएका छन्

प्रतिकृया दिनुहोस