दलहरुबाट देश, जनता र राजालाई धोका भयो : थापा 

दलहरुबाट देश, जनता र राजालाई धोका भयो : थापा 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमति विपरित दलहरुले देश, जनता र राजालाई धोका भएको आरोप लगाएका छन् ।

पार्टीको काठमाडौ जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले २०६२÷६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्तिबीच सम्झौता भएर टुङ्गिएको भए पनि २०४७ को संविधानमा टेकर संविधानसभाको निर्वाचन हुने र त्यो संविधानसभाले संविधान निर्माण गर्ने सहमति विपरित संविधानसभाको निर्वाचन अगावै धर्म निरपेक्षता लादिएकोप्रति आपत्ति प्रकट गरे ।

कम्युनिष्टको एजेण्डा बोक्ने काँग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताए । कुनै पनि हालतमा कम्युनिष्ट पार्टीको एजेण्डा बोकेर हिड्ने पार्टी कांग्रेस हुन नसक्ने दावी गरे । उनले असफल नीति र असफल बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन नीति र बाटो परिवर्तन जरुरी भएको बताए ।

अहिले लथालिङ्ग अवस्थाबाट मुलुकलाई मुक्ति दिनको निमित्त नयाँ विकल्पमा जानुपर्ने भन्दै थापाले विचार, बाटो र संगठन को दृष्टिकोणबाट राप्रपा त्यो शक्ति बन्ने दाबी गरे । फरक फरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै उनले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको विचार व्यक्त गरे ।

काठमाडौ जिल्ला अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा भएको प्रशिक्षणमा नेताहरु भुवन पाठक, प्रा.डा.जयन्तनाथ खनाल, रमानन्द न्यौपाने र आशा लामाले प्रशिक्षण दिएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...