आइफोन ११ सिरिज सार्वजनिक, मूल्य कति ?

Iphone pro 630935132

काठमाडौँ । अमेरिकी स्मार्टफोन कम्पनी एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले विश्वव्यापीरुपमा सार्वजनिक गरेको हो । एप्पलले आइफोन ११ लाई आइफोन एक्सआरको अपग्रेड भर्सन भएको जानकारी दिएको छ । यो फोनलाई विशेषगरी अन्य ब्रान्डका उच्च मूल्यका स्मार्टफोनसँगको प्रतिस्पर्धामा उतार्नका लागि पेश गरेको छ ।

कम्पनीले आइफोन ११ प्रो र प्रो म्याक्स पनि सार्वजनिक गरेको छ । आइफोन ११ मा दुईवटा क्यामेरा रहेका छन् । यसमा वाइड र टेलिफोटोका लागि लेन्स राखिएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै यसमा थप नाइटमोड हुने छ । जसले थोरै प्रकाश भएको ठाउँमा पनि स्पष्ट फोटो खिच्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।

त्यस्तै यसमा भिडियोका लागि फोरके क्वालिटीको सट लिन सकिने छ । सोलो मोसन, टाइमल्याप्स, सिनेम्याटिक भिडियो स्टेवलाइजेशन तथा विस्तारित डाइनामिक रेन्जजस्ता फिचर्स रहेका छन् । यसमा थप इन्स्टाग्राम स्टाइलको भिडियो खिच्ने सुविधा पनि रहेको छ ।

आइफोन एक्सआरको अपग्रेड भर्सन भनिएको यो स्मार्टफोनको ब्याट्री भने थप १ घण्टा बढी टिक्ने कम्पनीको दाबी छ । यो फोनको विश्व बजारमा ६९९ अमेरिकी डलरबाट मूल्य शुरु हुने कम्पनीले जानकारी दिएको छ । यसको बुकिङ शुक्रबारदेखि शुरु हुने छ । तर यो फोनको मूल्य आइफोन एक्स आरको मूल्यभन्दा बढी नहुने कम्पनीले प्रष्ट पारेको छ ।

आइफोन ११ विभिन्न ६ कलरमा उपलब्ध हुने छ । कम्पनीका अनुसार ह्वाइट,ग्रिन,यलो,पर्पल,ब्ल्याक र रेडमा उपलब्ध हुने छ । यसको डस्प्ले ६.१ इन्च रहेको छ ।

आइफोन ११ प्रो
एप्पलले प्रो सिरिजमा पनि नयाँ आइफोन सार्वजनिक गरेको छ । यसमा प्रो र प्रो म्याक्स रहेका छन् । तीनवटा क्यामेरा भएका यो सिरिजका फोन किफायति र प्रिमियम क्वालिटीमा भएको कम्पनीले जानकारी दिएको छ ।

एप्पलको नयाँ आईओएस १३ प्लेटफर्ममा चल्ने यी फोनमा प्रो को डिस्प्ले ५.८ र प्रो म्यक्सको ६.५ इन्च रहेको छ । यी फोनका पछाडी ३ वटा लेन्स छन् । प्रो क्यामेरा सिस्टम नाम दिइएको यसमा वाइड,अल्ट्रा वाइड र टेलिफोटो लेन्स रहेका छन् । यी फोनमा पनि नाइट मोड रहेको छ जसले गर्दा रातिको समयमा वा थोरै प्रकाश भएको ठाउँमा फोटो र भिडियो क्वालिटी राम्रो हुने छ । यी फोनमा आइफोन एक्स म्याक्सको तुलनामा पाँच घण्टा बढीको ब्याट्री लाइफ हुने कम्पनी ले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...