हरिनास बाबुछोरा हत्या प्रकरणः सोधपूछका लागि मृतकका भाइ र श्रीमती प्रहरी नियन्त्रणमा

हरिनास बाबुछोरा हत्या प्रकरणः सोधपूछका लागि मृतकका भाइ र श्रीमती प्रहरी नियन्त्रणमा

स्याङ्जा । स्याङ्जाको हरिनास गाँउपालिकामा भएको बाबुछोरा हत्या प्रकरणमा अनुसन्धानका लागि मृतककी श्रीमती र भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले खड्काकी श्रीमती र मृतकका भाइ लगायतलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए । घटना स्थलको पहिलो चरणको अनुसन्धान भइसकेकोले थप अनुसन्धानका लागि मृतकका परिवारलाई साथमै ल्याएको लम्सालले जानकारी दिए ।

स्याङ्जाको पहिलेको मग्याम चिसापानी गाविसका ३० वर्षीय चित्रबहादुर खड्का र उनका ४ बर्षीय छोरा रिजन खड्काको सोमबार राति हत्या गरिएको हो । बिहानपख अन्दाजी ४ बजेको समयमा मुखमा मास्क लगाएर आएको हतियारधारीले हत्या गरेको खड्काकी श्रीमती अनिता खड्काले प्रहरीसमक्ष बताएकी छन् ।

घटनापछि स्याङ्जाका प्रहरी प्रमुख डीएसपी नविनकृष्ण भण्डारीको नेतृत्वमा अनुसन्धान थालिएको छ । कसले के उद्देश्यले हत्या गर्‍यो भन्ने विषय हालसम्म खुल्न सकेको छैन ।

जिल्ला प्रहरी र गण्डकी प्रदेशबाट कुकुरसहित पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको भण्डारीले जानकारी दिए । हत्या गरिएका बाबु छोराको शवलाई पोष्टमार्टमको लागि गण्डकी अस्पताल पोखरा लगिएको छ । डीएसपी भण्डारीका अनुसार पोष्टमार्टमपछि कस्तो हतियार प्रयोग भएको हो भन्ने अनुमान लगाउन सकिने छ ।  

रिसिबीका कारण घटना भएको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्याङ्जा प्रहरी प्रमुख लम्सालले भने, ‘गाउँमा बाक्लो बस्ती रहेकाले पनि हत्यारालाई हत्या गर्न सजिलो भएको देखिन्छ ।’ 

घरको एउटै कोठामा फरक फरक खाटमा सुतेका श्रीमान श्रीमतीमध्ये बाबु छोरा एउटा खाटमा र श्रीमती अर्को खाटमा सुतेका बेला घटना भएको देखिन्छ । हतियारले श्रीमान र छोरालाई हानिरहेको देखेर खड्काकी श्रीमतीले चिच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

झण्डै ६ वर्ष वैदेशिक रोजगारीमा रहेर फर्किएका खड्का कुटानी पिसानीको मिल व्यवसाय गर्दै आएका र गाउँको इमान्दार व्यक्ति भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...