समाजवादीले तोक्यो २ नम्बर प्रदेशमा इन्चार्ज र सहइन्चार्ज

समाजवादीले तोक्यो २ नम्बर प्रदेशमा इन्चार्ज र सहइन्चार्ज

जनकपुर । समाजवादी पार्टीको मधेस प्रदेश समितिले आठै जिल्लाको इन्चार्ज तोकेको छ । पर्सा र धनुषाका सहइन्चार्ज भने तोक्न सकेनन् । नाम बैठकमा पेस गरिए पनि विवाद भएपछि पछि टुंगो लगाउने सकेन ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बसेको प्रदेश कमिटीको बैठकबाट इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । बैठकबाट पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा क्रमशः सिंहासन साह, रामबाबु यादव, वृजकुमार यादव, राजेश सिंह, सरोज सिंह कुशवाहा, रामअशिष यादव, बादल यादव र सत्यनारायण यादवलाई इन्चार्ज तोकेको छ ।

महोत्तरीको इन्चार्ज ताकिएका कुशवाहा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री छन् भने धनुषाको इन्चार्ज तोकिएका यादव सांसद तथा प्रदेश २ मा संसदीय दलका उपनेता हुन् ।

यस्तै बाराको सह इन्चार्जमा उषा यादव, रौतहटको सह इन्चार्जमा वीरेन्द्र यादव, सर्लाहीको सह इन्चार्जमा पञ्चराम लो तामाङ, महोत्तरीको सह इन्चार्जमा रमेश यादव, सिरहाको सह इन्चार्जमा मनोज सिंह र सप्तरीको सह इन्चार्जमा रामाकान्त चौधरीलाई चयन गरिएको छ ।

बैठकबाट प्रदेशस्तरमा विभिन्न ११ विभागसमेत गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । पार्टी स्कूल तथा प्रशिक्षण विभागमा रामपृत पासवान, स्थानीय तह विभागमा सुशिल कुमार यादव, कार्यालय व्यवस्थापन समितिमा उर्मिला साह, संगठन विभागमा शम्भु झा, प्रचारप्रसार तथा प्रकाशन विभागमा दिनेश यादव र युवा तथा विद्यार्थी विभागमा ज्ञानेन्द्र यादवलाई तोकेको छ ।

यस्तै, कृषि तथा सहकारी विभागमा रामकैलास यादव, आर्थिक विभागमा रेणु यादव, महिला विभागमा उषा यादव, समाजिक सेवा विभागमा रामअशिष यादव र ट्रेड युनियन विभागमा ओमबाबु गुप्ता प्रमुख भएका छन् । बैठकले लक्ष्मी महतो, चन्देश्वर महतो, रामनरेश यादव, अशोककुमार यादव, अब्दुल कलाम फुलबाबु र मोजेबुल रहमानलाई प्रदेश कमिटीमा मनोनित गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...