फेसबुकमा हाहा रियाक्ट गर्दा गाउँपालिका उपाध्यक्षले हालिन उजुरी

Kiran devi raj mohammad

वीरगञ्ज । सामाजिक सञ्जाल फेसबुकमा हालिएको कमेन्टमा हाँसोको रियाक्ट गर्ने एक युवकलाई एक गाउँपालिकाकी उपाध्यक्षले माफि मगाएर छाडेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा राखिएको विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरणदेवी गुप्ताको विरुद्धमा केही दिनअघि भएको प्रदर्शनको भिडियोमा आएको एउटा कमेन्टमा हाँसोको रियाक्ट गर्ने त्यही गाउँपालिका ५ का रोज महमदलाई माफि मगाएर छाडिएको हो ।

गाउँपालिका उपाध्यक्ष गुप्ताले रोज महम्मद विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । गएको शनिबार साँझ पर्सौनी चोकबाट रोज महम्मदलाई प्रहरी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । त्यस दिन रोज महमदलाई पक्राउ गर्ने क्रममा केही बेर प्रदर्शनसमेत भएको थियो ।

रोज महमदलाई गाउँका स्थानीयले भोलिपल्ट ल्याइपुर्याउने प्रतिबद्धता जनाएपछि त्यही दिन राति उनलाई छोडिएको थियो ।

भोलिपल्ट अर्थात आइतबार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालयमा हाजिर भए पनि उजुरी गर्ने पक्ष गाउँपालिका उपाध्यक्ष नआएपछि उनी फेरि फर्किएका थिए ।

गाउँपालिका उपाध्यक्ष सोमवार जिल्ला प्रहरी कार्यालय आएपछि दुबै पक्ष बसेर छलफल भएको थियो । छलफलका क्रममा रोज महम्मदलाई माफि माग्न लगाएर छाडिएको थियो ।

रोज महमदका दाजुले भने गाउँपालिका उपाध्यक्षले नियतबस आफ्नो भाइलाई दुख दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेको बताए । आफ्नो भाई उपाध्यक्ष गुप्ताको विरुद्धमा केही दिनअघि भएको प्रदर्शनमा सहभागि भएको विषयलाई लिएर रिस साँध्न उपाध्यक्षले उजुरी हालेको उनले बताए ।

गाउँपालिका उपाध्यक्षले मासिक एक लाख रुपैयाँ गाडि भाडामा मात्रै खर्च गर्ने गरेको र नागरिकका समस्यामा ध्यान नदिएको भन्दै युवाहरुले प्रदर्शन गरेका थिए । स्राेत : yatradaily

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...