नेपालमा संक्रमितको संख्या नाघ्यो ९ हजार, आज थपियो ४२१ जना

१२३२३२४७८७

काठमाडौं । नेपालको कोरोना संक्रमितको संख्या थपिने क्रम तीव्र रुपमा बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनमा संक्रमितको दर उच्च विन्दुमा पुग्ने बताइरहेका बेला असारको पहिलो सातामै संक्रमितको संख्या नौ हजार नाघेको छ ।

आइतबार मात्रै नेपालमा थप ४ सय २१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । योमध्ये ८ सय ६० महिला र ८ हजार २ सय ६ महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले आइतबार ३ सय ५७ जना पुरष र ६४ जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिए ।

डा. गौतमका अनुसार अर्घाखाँचीमा ७४, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटीमा २७, कैलालीमा २७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २०, स्याङ्जाका १०,दाङका १० र धनुषाका ८ जनामा कोरोना संक्रमण भएको छ ।

गुल्मीका ७, झापा ६, सल्यानका ६ जना, उदयपुरमा ५, सर्लाहीका ५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पामा ४/४ जना, बारा र बर्दियामा ३/३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतमा २(२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुर, नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म १ हजार ७ सय ७२ जना निको भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म १ लाख ७५ हजार १ सय ७३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी २ लाख ६२ हजार १ सय ७४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर ७४ हजार ९ सय २८ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार २ सय ३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...