हाल सम्मकै उच्च रेकर्ड : ४ सय ४८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार ६२

Corona test logo

काठमाडौं । नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमका अनुसार शुक्रबार ४२४ जना पुरष र २४ जना महिलामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६/१६ जना, धनुषा र बर्दियाका १५/१५ जना, झापा र पर्वतका १३/१३ जना, सिराहाका ११ जना, सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २/२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ८ सय ७७ जना निको भएर घर फर्किएका छन् । निको हुनेमा २८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । देशभर १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा रहेका छन् भने ४ हजार १ सय ६९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

नेपालमा अहिलेसम्म १ लाख २१ हजार ८ सय ६२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी १ लाख ८८ हजार ५२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...