कांग्रेस सभापति देउवा भारतीय भएको खुलासा (भिडियाेसहित)

Sher bahadur deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतीय भएको खुलासा भएको छ ।

उनी भारतको गढवालमा जन्मिएकाले उनी भारतीय भएको ओरोप लागेको छ ।

सत्तारुढ नेकपाकी नेतृ तथा प्रतिनिधि सभाकी सांसद गंगा चौधरी सत्गौवाले शेरबहादुर देउवालाई भारतीय भएको आरोप लगाएकी छिन ।

एक आमसभालाई सम्बोधन गर्दै चौधरीले देउवासहित, पूर्वप्रधानन्मत्री शुशिल कोइराला, कांग्रेस नेता रामशरण महत, नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र बामदेव गौतम पनि भारतीय भएको ओरोप लगाएकी छिन ।

सामाजिक संजालमा भाइरल एक भिडियोमा उनले प्रधानमन्त्री केपी ओली असाम, शुशिल कोइराला विहार, शेरबहादुर देउवा भारतको गढुवाल, रामशरण महत भारतको काँस्मिर, गगन थापामा जन्मिएकाले उनीहरु सबै भारतीय भएको उनको आरोप छ ।

थारु भाषमा भाषण गर्दै चौधरीले माधव नेपाल, बामदेव गौतम, कमल थापा पनि भारतमा जन्मेकाले उनीहरु पनि नेपाली नभएको आरोप लगाएकी छन ।

प्रतिकृया दिनुहोस