सामाजिक सञ्जाल बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

Trump

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्चाल ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा झूठा विषयहरु राखेर भ्रमित गर्न थालेको भन्दै  तथ्य–जाँच राखेपछि आक्रोशित बनेका उनले कम्पनी नै बन्द गराइदिने धम्की दिएका हुन् ।

ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाउँदै उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका हुन् । मूलतः ट्वीटर केन्द्रित उनको यो चेतावनीले शासकहरु कतिसम्मको सोच राख्छन् भन्ने पनि देखाएको छ । आफूलाई प्रजातान्त्रिक भन्ने मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले नै आफ्नो चाहना बमोजिम नचलेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की दिएका हुन् ।

आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्वीटरलाई सिएनएन र द वासिङ्गटन पोस्टसँग दाँज्दै राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै गरेको ट्वीटमा, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ’ भनेका थिए । बुधबार झनै आक्रोशित देखिएका उनले दुई ट्वीटरकै प्लेटफर्म प्रयोग गर्दै सामाजिक सञ्जाल ट्वीटरलाई नै आक्रमण गरेका हुन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...