एसईई उत्तीर्ण दलित विद्यार्थीलाई सम्मान

एसईई उत्तीर्ण दलित विद्यार्थीलाई सम्मान

काठमाडौं । नेपाल दलित विद्यार्थी संघले एसईई उत्तीर्णलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरेको छ । संघले यो वर्ष एसइइ पास गर्ने १ सय ४५ विद्यार्थीलाई सम्मान गरेको हो । 

सो सम्मान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मानबहादुर विश्वकर्माले सम्मान गर्दै विद्यार्थीको शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । 

नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले विद्यार्थीलाई पढाइप्रति प्रेरित गर्नका लागि सम्मान गरिएको बताए । सुनारले दलित समुदायमा पढाईप्रति जिम्मेवार नहुने र विद्यालय भर्ना भएका विद्यार्थीले पनि बीचैमा पढाई छोड्ने समस्या अझै पनि रहेको बतए । 

नेपाली कांग्रेसको भ्रातृसंस्थाका रुपमा रहेको दलित विद्यार्थी संघ २ महिनाअघि स्थापना भएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...