आज विशेष नमाज पाठ गरी ईद उल फित्र मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

Eid 11

काठमाडौं । मुसलमान समुदायले आज विशेष नमाज पाठ गरी ईद उल फित्र मनाउँदैछन् । यो पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ । मस्जिद, ईदगाह लगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएकाले घरमै परिवारका सदस्य बीच नमाज पाठ गरेर ईद उल फित्र मनाइँदैछ ।

३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ । ठूलाबडासँग आशीर्वाद फोन तथा सामाजिक सञ्जालबाट नै लिन र घरघरमै नमाज पाठ गर्न मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीलाई अनुरोध गरेको छ ।

आफन्तलाई सेवई र खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुका चन्द्रमा नदेखिएको नेपाल हज कमिटीका अध्यक्ष शमसेर मियाँले बताए ।

मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको छ ।

ईद उल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...