आफ्ना मान्छे विस्थापित हुन नदिन र सरुवामा लाखौँ रकमको चलखेल गर्न रिक्त दरबन्दी लुकाइयो

आफ्ना मान्छे विस्थापित हुन नदिन र सरुवामा लाखौँ रकमको चलखेल गर्न रिक्त दरबन्दी लुकाइयो

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगले माध्यमिक तहमा मागे भन्दा बढी शिक्षक सिफारिस गर्दा पदास्थापन गर्न नसकिएको जनाएपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटीप्पणीहरु भएका छन् । एजुकेशनपाटीले शिक्षक पदास्थापनमा किन ढिलाइ भयो भन्ने बारे केन्द्रको धारणा सम्बन्धी समाचार प्रकाशित गरेको थियो ।

समाचार पछि शिक्षक, अभिभावक, पत्रकारलगायत विभिन्न सरोकारवालाहरुले सामाजिक सञ्जालमा विभिन्न  टीकाटीप्णीहरु सार्वजनिक गरेका छन् । सो समाचार पछि बझाङका शिक्षक विनोद बहादुर सिंहले सामाजिक सञ्जाल मार्फत जिल्लामा आफ्ना  मान्छे विस्थापित हुन नदिन, सरुवामा लाखौँ रकमको चलखेल गर्न विनि र समन्व एकाइ प्रमुखहरूले शिक्षकका रिक्त कोटा लुकाएका आरोप लगाएका छन् ।

उनले तिनीहरुलाई अख्तियारले घोक्रेठ्याक लगाएपछि मात्रै रिक्त कहाँ छरु बक्ने दाबी गरेका छन् । तिनीहरुले  विभागभन्दा ठूलो हैसिययत बनाइबसेकाले  कुरो नमिलेको सिंहले तर्क गरेका छन् । अन्तिममा आएर शिक्षक सेवा आयोगलाई  दोष दिनुु विभागको कमजोरी भएकै भन्दै उनले लेखेका छन्– प्रत्येक जिल्लामा आनियमितता गर्ने प्रअ, विव्यस अध्यक्ष्य, प्रास, विनि, समन्वय एकाइ प्रमुखहरू कारबाहीको दायरामा आउनै पर्छ भनेर सबैको धारणा समेटिएको यो समाचार एजुकेशन पाटीले प्रकाशित गरेको छ । 



प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...